
लमजुङ - पहिरोले अबरुद्ध बेसीशहर-चामे सडक सुचारु भएको छ ।
सडकखण्ड अन्तर्गत मर्स्याङदी गाउँपालिका-४, बुङछहरा नजिकै सडक माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा सडक अबरुद्ध बनेको थियो ।
बुधबार बिहान खसेको पहिरो सुरक्षाकर्मीको टाेलिले सडक आयोजनासँगको समन्वयमा पन्छाएसँगै करिब ११ बजेबाट सडक सुचारु भएको डुम्रे-बेसीशहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीले बताए ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ ११:५२
प्रतिक्रिया दिनुहोस्