TagaroNews
पहिरोले धन्सार भत्कियो, पुरिएर ५ बाख्रा मरे

लमजुङ – गएरातिको अविरल बर्षाका कारण पहिरो जाँदा मर्स्याङ्दी गाउँपालिकामा एक व्यक्तिको धन्सार भत्किएको छ भने, पुरिएर ५ वटा बाख्रा मरेका छन् । 

पहिरोले मर्स्याङ्दी गाउँपालिका–३, तपु स्थित खुम बहादुर गुरुङको धन्सार भत्किएको हो । धन्सार भित्र रहेका ५ वटा बाख्रा पुरिएर मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी खुदीको टोली र स्थानीयले पहिरो पन्छाउन सहयोग गरेका थिए । क्षतिको विवरण भने, प्रहरीले खुलाएको छैन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update