TagaroNews
लमजुङमा ट्रक पल्टिदा दुई घाइते

लमजुङ — बेसीशहर–चामे सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–३, टुनिखर्कमा ट्रक पल्टिदा दुई जना घाइते भएका छन् ।

शनिबार बेसीशहरबाट मर्स्याङ्दी गाउँपालिका–६, नाईचेतर्फ जाँदै गरेको ग२ख ५७२ नम्बरको लोड ट्रक अनियन्त्रि भएर दिउँसो साढे १२ बजेतिर सडकबाट ३० मिटर तल खसेको हो । 

दुर्घटनामा परी चालक भरतपुर महानगरपालिका–२९ बस्ने ४० बर्षीय सुक बहादुर गुरुङ र ट्रक साहु म्याग्दीको महुवाफाँट गाउँपालिका–७ बस्ने ३८ बर्षीय भगवान पाइजा घाईते भएका छन् ।

घाईतेहरुको टाउको र शरिरमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर राजकिशोर साहले बताए । 

घाईतेहरुलाई स्थानीय र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको प्रहरीले जनाएको छ । सिमन्ट लोड भएको उक्त ट्रक न्यादि जलविद्युत आयोजना तर्फ जाँदै गरेको बुझिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update