
लमजुङ - पूर्वी लमजुङको राइनास नगरपालिका–५ स्थित राइनासटार सिञ्चाई आयोजनाको नहरमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।
बुधबार बिहान नहरमा घोप्टो परेर बगिरहेको अवस्थामा अधबैंसे महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोली घट्नास्थल तर्फ लागेको छ । शवको पहिचान हालसम्म खुलेको छैन् । शव केहि सडेगलेको अवस्थामा देखिएको स्थानीयले बताएका छन् । अन्य विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १०:४९
प्रतिक्रिया दिनुहोस्