
लमजुङ - बेसीशहर - चामे सडकखण्ड अन्तर्गत बेसीशहर नगरपालिका-६, खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बेसीशहरबाट खुदीबजार तर्फ जादै गरेको ग.प्र. ००४००१ ह २८५ नम्बरको अटो बिहीबार दिउँसो अनियंत्रित भइ खरखरेबाट मर्स्याङ्दी नदिमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा गोरखा आरुघाट गाउँपालिका-१, मानगाउँ घर भइ बेसीशहर नगरपालिका-६ चनौटे बस्ने ४० वर्षीय शिलादेवी गुरुङ, सोही ठाउँ बस्ने ४५ वर्षीय सानुमाया गुरुङ, ३५ बर्षकि अञ्जली गुरुङ, ४८ वर्षीय धनकुमारी गुरुङ र नुवाकोट तादी गाउँपालिका-२ घर भएकी ५० वर्षीया अस्मिता तामाङ छन् ।
घाइतेहरु मध्य शिलादेवी गुरुङको अवस्था गम्भीर छ । घाइतेहरु सबैको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
अटो चालक मर्स्याङ्दी गाउँपालिका-४ ताघ्रीङ बस्ने ३० वर्षीय टोप बहादुर लामाको अवस्था भने, सामान्य छ । अटो मर्स्याङ्दी नदिले बगाएको प्रहरीले जनाएको छ ।