TagaroNews
मर्स्याङ्दी नदीमा बेपत्ता बालिकाको शव फेला

लमजुङ – मर्स्याङ्दी नदीमा बेपत्ता बालिकाको शव बिहिबार प्रहरीले फेला पारेको छ । 

गत साउन २ गते शुक्रबार साथिसँग मर्स्याङ्दी नदीमा नुहाउन गएकी सुन्दरबजार नगरपालिका–७, धारापानी बस्ने ११ बर्षीय शान्ति मगर नुहाउने क्रममा पानिको छालले बगाएर बेपत्ता थिइन् । 

नदीमा बेपत्ता रहेकी शान्तिको शव बिहीबार दिउँसो सुन्दरबजार–७, पाउदीको शिवालय मन्दिर देखी ५ सय मिटर माथि नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर राज किशोर शाहले बताए । 

बेपत्ता बालिकाको ६ दिनपछि शव फेला परेको हो । मृतक बालिका धारापानी बस्ने प्रेम बहादुर घर्ती मगरको छोरी हुन् । 

बालिका नदिमा बेपत्ता भएपश्चात नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले खोजी गरिरहेका थिए । मृतकको शव आफन्तले पहिचान गरेपछि पोष्टमार्टमको लागी प्रदेश अस्पताल लमजुङमा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update