
लमजुङ – लमजुङ देखी मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित हावाडाँडामा सोमबार बेलुका माथिबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रातको समय र अविरल बर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साहले बताए ।
सडकको अवस्था बुझेर मात्र सवारी साधन र यात्रुहरुलाई हिड्न उनले आग्रह गरे ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ २३:००
प्रतिक्रिया दिनुहोस्