TagaroNews
लमजुङमा पनि कर्फ्यू 

बेसीशहर – लमजुङमा पनि कर्फ्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले मुलुकभर कर्फ्यू जारी गरेसँगै सोहि आदेशको पालना गर्न लमजुङ प्रहरीले जिल्लाबासीलाई अनुरोध गरेको छ । 

कर्फ्यू आदेशसँगै अनावश्यक रुपमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न निषेध छ । 

गलत र आधारहिन खबर वा हल्लाको पछाडी नलाग्न र सचेत रहन भनिएको छ । 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै हाल लागु गरिएको कर्फ्यू भाद्र २५ गते बेलुकी ५ बजेदेखी २६ गते बिहिबार बिहान ६ बजेसम्म निरन्तर रहने नेपाली सेनाले जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update