
लमजुङ – जिल्लाकै क्रियाशिल र प्रतिष्ठित क्लब त्रिवेणी युवा क्लबको अध्यक्षमा टेकजंग गुरुङ चयन भएका छन् ।
शनिबार सदरमुकाम बेसीशहरमा भएको क्लवको १३औँ अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । गुरुङ यसअघि क्लबका उपाध्यक्ष थिए ।
अधिवेशनबाट क्लवको उपाध्यक्षमा खुसीजंग गुरुङ र इन्द्र राना सर्वसम्मत भए भने, कोषाध्यक्षमा केशबहादुर राना चयन भए ।
सदस्यहरुमा गणेश गुरुङ, विकास अधिकारी र अच्युत पौडेल चयन भए । सचिव र अन्य सदस्य पद टुङ्गाउन बाँकी रहेको क्लबले जनाएको छ ।
यस क्लबले जिल्लाकै सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ २३:५१
प्रतिक्रिया दिनुहोस्