TagaroNews
लमजुङमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते
सांकेतिक तस्वीर ।

लमजुङ – राइनास नगरपालिका–३, नौबिसे स्थित सडकमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । 

सोमबार राति राइनास टिमुरे बाट सातबिसे तर्फ जादै गरेको ग२४प १६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक टिमुरे बस्ने २३ बर्षीय समिर ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सोहि स्थानका २६ बर्षीय देवराज ठकुरी घाइते छन् । 

मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट दायाँ पट्टि नालिमा पल्टिन जादा मोटरसाइकलमा सवार दुवैजना घाइते भएका थिए । 

दुवै घाइतेलाई स्थानियको सहयोगमा प्रहरीले तत्काल उद्धार गरि उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा पठाएकोमा चालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

अर्का घाइते देवराजलाई भने, सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update