
लमजुङ – बेसीशहर नगरपालिका–११ बरबोटका ६८ बर्षीय केशर बहादुर रिमाल मृत फेला परेका छन् ।
रिमाल घरबाट सम्पर्क बिहिन भएको १० दिनपछि सोहि वडाको रामचोकबेसी स्थित मर्स्याङ्दी नदीको बगरमा शुक्रबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ ।
नदी किनारको बगरमा घोप्टो परेको मृत अवस्थामा रिमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताए ।
रिमाल असोज १४ गतेबाट सम्पर्क बिहिन थिए । कानुनी प्रकृया पश्चात मृतकको शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२ १५:२३
प्रतिक्रिया दिनुहोस्