लमजुङ – जिल्लाको मर्स्याङ्दी गाउँपालिका–८, घट्टेखोला स्थित बाटोमा एक युवक मृत फेला परेका छन् ।
मृत अवस्थाको शव चितवन भरतपुर महानगरपालिका–१७, भुवन बस्ति घर भएका ३१ बर्षीय बिकास परियारको रहेको प्रहरीले जनाएको छ ।
बिकासको शव बुधबार दिउँसो घट्टेखोला स्थित बाटोमा भेटिएको हो । मर्स्याङ्दी गाउँपालिका–७, तरान्चे मामाघर रहेका मृतकको शव उनका मामा आईतराम परियारले सनाखत गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।
बिकास दशैको पुर्णिमाको भोलिपल्ट अर्थात असोज २२ गतेदेखी मामा घर तरान्चे आएर बसेका थिए । बुधबार बिहान मामाघरबाट निस्केर हिडेका बिकास दिउँसो मृत फेला परेका हुन् ।
उनको शव परिक्षणका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको र घट्नाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।



