TagaroNews
मनाङमा लेक लागेर २ जनाको मृत्यु
साङ्केतिक तस्वीर ।

मनाङ - हिमाली जिल्ला मनाङमा लेक लागेर २ जना पर्यटन सहयोगीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङका एकजना र नुवाकोटका एकजना छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार लेक लागेर मृत्यु भएको हो ।

मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा २ जनाको टोली एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मणिपाल अस्पतालमा बिहान १०ः५६ बजे चिकित्सकले उनको मृत्यु पुष्टि गरेको प्रहरीलाई उधृत गर्दै मनाङका प्रजिअ पौड्यालले बताए । मृतकका भाइ केशबहादुर गुरुङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजे नै डिलबहादुरलाई लेक लागेको थियो ।

त्यसैगरी शनिवारकै दिन नार्पाभुमी गाउँपालिका.–४ याकखर्कमा पनि अर्का पर्यटन सहयोगीको पनि मृत्यु भएको प्रजिअ पौड्यालले जानकारी दिए । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का अन्दाजी ४९ वर्षका साम्बा घलेको लेक लागेर मृत्यु भएको हो ।

पर्यटकको भारी बोकी फर्कने क्रममा घले शुक्रबार करिव ३ बजेको समयमा लेक लागी घटनास्थलमा मृत्यु भएको भन्ने प्रहरीमा खबर आएको थियो । मृतकका ज्वाई मारिस तामाङले प्रहरीलाई खवर गरेका हुन् । 

मौषम खराबिका कारण मृतक घलेको उद्दार हुन नसकेको र हाल घटनास्थलमा करिव १४ किलोमिटर टाढा रहेको च्याखु प्रहरी चौकीबाट प्रहरी खटाईएको पनि मनाङ प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update