आँबुखैरेनी–मुग्लिङ सडक खण्ड सोमबार राति २ घण्टा बन्द
तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्ड सोमबार राति २ घण्टका लागि बन्द हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ साँखरमा गएको पहिरो नियन्त्रण कार्यका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
उक्त सडक खण्डको पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १० गते रातिको १२ देखि बिहान २ बजेसम्म यातायात सञ्चालन अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिइन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्



