लमजुङ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङले ३ महिने तरुण जागरण अभियान चलाउने भएको छ ।
नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमितिद्धारा सोमबार आयोजित कार्यक्रमबाट ३ महिने तरुण जागरण अभियान शुभारम्भ गरिएको अध्यक्ष कुम रासी गुरुङले बताए ।
स्थापना दिवसको अवसरमा तरुण दल लमजुङले राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाआश्रममा शुभकामना आदनप्रदान, फलफुल तथा खाद्यन्न सामाग्री वितरणसँगै ३ महिने तरुण जागरण अभियानको शुभारम्भ गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

तरुण दलले जिल्लाका चार वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान चलाउने छ । सो अवसरमा तरुण जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम सन्चालन हुने तरुण दलले जनाएको छ ।
तरुण जागरण अभियान आगामी निर्वाचनमा नेपाली कांग्रेसको जनमत सृजना गर्नमा महत्वपूर्ण अभियानको रुपमा स्थापित हुने तरुण दल केन्द्रिय सदस्य बृषराज गुरुङले बताए ।
तरुण दल लमजुङका अध्यक्ष कुम रासी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति कृष्ण प्रसाद कोइराला, जिल्ला सचिव कृष्ण बहादुर अधिकारी, पूर्व उप सभापति गम प्रसाद गुरुङ लगाएत तरुण नेता तथा युवाहरुको उपस्थिति थियो ।





