TagaroNews
तनहुँमा लागू औषध सहित लमजुङका युवक पक्राउ

तनहुँ - लागू औषध सहित लमजुङका एक युवकलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका-११ घर भएका २६ वर्षीय बिवश तामाङ रहेका छन् ।

पृथ्वी राजमार्ग सडक खण्डको अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँको चेकीङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा बिहीबार बिहान तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट लमजुङ तर्फ आउदै गरेको म. प्र.०३-००१ ख.८१६३ नं. को यात्रुवाहक बसमा सवार तामाङ्गको साईड भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल ४ सय ३८ क्याप्सुल (नियन्त्रित लागू औषध)सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update