लमजुङ – बोलेरो जिपको ठक्करबाट लमजुङका एक बालिकाको मृत्यु भएको छ ।
क्व्होलासोथार गाउँपालिका–१, बागलुङपानी स्थित सडकमा ठक्कर दिँदा सोही ठाउँकी २ बर्षीया नेरिमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्होलासोथार गाउँपालिका–३, घलेगाउँबाट सदरमुकाम बेसीशहर तर्फ आउँदै गरेको ग १ ज ६३०६ नम्बरको बोलेरो जिपले शुक्रबार बिहान ९ बजेतिर ठक्कर दिँदा बालिका घाइते भएकी थिइन् ।
घाइते बालिकालाई (आमा कृति तामाङको साथमा) तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा उपचारको क्रममा बिहान साढे १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जिप चालक बेसीशहर नगरपालिका–९, बिम्दाबेसी बस्ने २९ बर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।
मृतकको शव परिक्षणका लागि अस्पतालको शव गृहमा राखिएको छ ।



