TagaroNews
प्रतिनिधिसभा निर्वाचन: फागुन १२ भित्र मतपत्र जिल्लामा, प्रचार अवधि १४ दिन

काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको छ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना तयार पारेको हो । 

निर्वाचन आयोगको कार्ययोजना अनुसार फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगिसक्नेछन् । त्यसपछि जिल्लाका मतदान केन्द्रमा पठाइनेछ । निर्वाचन आयोगले राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्वतयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी दिएको हो ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी दिएको हो । आयोगले निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरेको छ । आयोगका अनुसार निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

यस्तो छ निर्वाचन आयोगको कार्ययोजना :

  • निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म
  • निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते
  • मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन- मंसिर १ देखि पौष १५ सम्म
  • समानुपातिक निर्वाचनतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते
  • मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पौष १५ गते
  • समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने पौष १८ र १९ गते
  • प्रत्यक्षतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते
  • संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाई स्थापना र संचालन माघ २ गते देखि फागुन ३० सम्म
  • निर्वाचन प्रचार-प्रसार अवधि फागुन ४ देखि १८ सम्म
  • मतपत्र ढुवानी गरी जिल्ला जिल्लामा पुर्‍याउने फागुन १२ भित्र
  • प्रचार-प्रसार निषेध अवधि फागुन १८ गते राति १२:०० बजे देखि
  • मतदान २०८१ फागुन २१ गते विहान ७:०० देखि बेलुकी ५:०० बजेसम्म
  • दुवै निर्वाचन प्रणालीको मतगणना प्रारम्भ २०८१ फागुन २१ गते साँझदेखि

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update