TagaroNews
मनाङमा बेपत्ता २ भारतीय नागरिक मृत फेला

मनाङ - गत कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका २ भारतीय नागरिक मृत फेला परेका छन् ।

५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ वर्षीय प्रियन्साकुमारी पटेलको शव फेला परेको प्रहरीले जनाएको छ । नातामा उनीहरु बाबू छोरी हुन् ।

सशस्त्र प्रहरी बलको टोलीले आइतबार दिउँसो उनीहरूको शव फेला पारेको मनाङ सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जीसीले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट गत कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सशस्त्र बलले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुन: कात्तिक २३ गते आइतबार उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक जीसीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update