TagaroNews
मंसिर दोस्रो सातादेखि ‘सुन्दरबजार साँस्कृतिक महोत्सव’ 
पत्रकार सम्मेलन मार्फत महोत्सवबारे जानकारी दिँदै आयोजक ।

लमजुङ – सुन्दरबजार नगरपालिका–७, लमजुङ कृषि क्याम्पसको खेल मैदानमा आगामी मंसिर तेस्रो सातादेखि सुन्दरबजार सांस्कृतिक महोत्सव हुने भएको छ । 

आयोजक साङ्दो पल्री बौद्ध गुम्बा गुरुङ समाज सुन्दरबजारले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १३ देखी २३ गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको जानकारी दिएको हो । 

‘स्थानीय कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षण संबद्र्धन : उद्योग, व्यापार र आन्तरिक पर्यटनको प्रबद्र्धन’ भन्ने नाराका साथ महोत्सव आयोजना हुनेछ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगितीक प्रस्तुतीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने महोत्सव मुल समारोह समितिका सचिव खेम गुरुङले बताए । 

व्यवस्थित बौद्ध गुम्बा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक केन्द्र बनाउने उद्धेश्यका साथ महोत्सव संचालन गरिने मूल समारोह समितिका सह– संयोजक सिंहबहादुर गुरुङले बताए । 

महोत्सवलाई सफल पार्न एक सय २५ सदस्यीय मल समारोह समिति र ३१ वटा उप– समिति गठन भएका छन् । महोत्सव अवधीभर एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकको  अपेक्षा छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update