TagaroNews
अब राष्ट्रिय परिचय पत्र हुनेको मतदाता नामावली दर्ता घरबाटै

काठमाडौँ - निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने भएको छ ।

मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।

बिहीबार आयोगमा जेन–जी युवाहरू समेतको उपस्थितिमा आयोगले राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने परीक्षणसहित शुभारम्भ गरेको छ ।

कार्यवाहक आयुक्त भण्डारीले अब राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूले मतदाता नामावली दर्ताका लागि घरबाटै अनलाइन फारम भरेर नाम दर्ता गराउन सक्ने छन् ।

अब बायोमेट्रिक गराउन जिल्ला निर्वाचन कार्यालय पुगिरहनु पर्ने छैन ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले यस्तो निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update