TagaroNews
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको आवेदन बन्द

काठमाडौं - यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ ।  १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । 

२३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update