बेसीशहर – प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई लमजुङ प्रहरीले बेसीशहरबाट पक्राउ गरेको छ ।
बेसीशहर नगरपालिका–८, दुलालटोलमा शंकास्पद रुपमा हिडिरहेका उदयपुर कटारी नगरपालिका–७, मरुवाखोला घर भई हाल बेसीशहरको दुलाल टोलमै बस्दै आएका २८ बर्षीय भाते भन्ने बिनेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत कार्तिक २२ गते शनिबार दिउँसो बिनेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर ज्ञानेन्द्र बहादुर क्षेत्रीले बताए ।
जिप्रकाबाट खटि गएको प्रहरी सहायक हवलदार महेन्द्र थापाको टोलिले बिनेशको साथबाट फेनारागन १२ एम्पुल, डाईजेपाम १५ एम्पुल, नुफिन १४ एम्पुल र सिरिन्ज १ थान (प्रयोग गरेको) बरामद गरेको हो ।
बरामद सामग्री र युवकलाई नियन्त्रण पश्चात अदालतबाट अनुमती लिएर थप अनुसन्धान भइरहेको इन्सपेक्टर क्षेत्रीले जानकारी दिए ।



