लमजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जनाको नाम सिफारिस भएको छ ।
नाम सिफारिस हुनेहरुमा युवा नेता महाधिवेशन प्रतिनिधि, तरुण दल केन्द्रिय सदस्य एवं पूर्व क्षेत्रीय सभापति वृषराज गुरुङ रहेका छन् ।
यस्तै पूर्व तरुण दल महासचिव यमबहादुर गुरुङ, पूर्व क्षेत्रीय सभापति विष्णुप्रसाद धिताल, काठमाण्डौं जिल्ला बार एशोसिएशनका अध्यक्ष सुबोधबाबु चिलुवाल छन् ।
त्यस्तै पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व उपसभापति गमप्रसाद गुरुङ, सविधान सभा सदस्य एवं पूर्व सभापति चन्द्रबहादुर कुँवर, नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व केन्द्रिय कोषाध्यक्ष शिवराज रिमाल, नेविसंघ लमजुङका पूर्व अध्यक्ष शैलेन्द्र घिमिरे र हाल नेविसंघ केन्द्रिय सदस्य राजकुमार गुरुङ रहेका छन् ।
समानुपातिकतर्फ रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै,सन्तोष न्यौपाने, स्थिरबाबु खाती, सुरेन्द्रप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।
राष्ट्रियसभामा गर्जबहादुर गुरुङ, विष्णुमाया न्यौपाने धिताल, शुभनाथ मिश्रको नाम सिफारिस भएको नेपाली कांग्रेस लमजुङले जनाएको छ ।





