TagaroNews
लमजुङमा भालुको आक्रमणबाट एक गम्भीर घाइते 

लमजुङ – मर्स्याङ्दी गाउँपालिका–६, नाइचेमा भालुको आक्रमणबाट एक जना बृद्ध गम्भीर घाइते भएका छन् । भालुले आक्रमण गर्दा नाइचे निवासी ७८ बर्षीय प्रेम बहादुर गुरुङ गम्भीर घाइते भएका हुन् । 

गुरुङले गाउँनजिकै भैसी गोठ सञ्चालन गर्दै आएका छन् । बिहिबार बिहान ९ बजेतिर जङ्गलबाट घाँस बोकेर फर्कने क्रममा गाउँ नजिकै उइडो खोलामा भालुले आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको स्थानीय राजु गुरुङले बताए । 

भालुको आक्रमणबाट गुरुङको दाहिने कानमा गहिरो चोट लागेको छ  । गम्भीर घाइते गुरुङलाई तत्काल उपचारका लागी प्रदेश अस्पताल लमजुङ ल्याइएको स्थानीयले बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update