लमजुङ - लमजुङ प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका-२ घर भएका ४० वर्षीय धनराज गुरुङ रहेका छन् ।
गुरुङ गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा कारागार कार्यालय तनहुँबाट भागी फरार थिए ।
गुरुङलाई लमजुङ राइनास नगरपालिका-७, गरमबेशी बगरटाेलमा लुकिछिपी रहेको सूचनाको आधारमा गत सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।
उनका अनुसार पक्राउ परेका गुरुङलाई मंगलबार कारागार कार्यालय तनहूँ पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ १५:२३
प्रतिक्रिया दिनुहोस्





