TagaroNews
अनलाइन ‘पुलिस रिपोर्ट’ निःशुल्क, शुल्क मागे कारबाही 

काठमाडौँ – नेपाल प्रहरीले अनलाइन माध्यमबाट उपलब्ध गराउँदै आएको प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) सेवा पूर्ण रूपमा निःशुल्क रहेको स्पष्ट पारेको छ ।

प्रहरीले बुधबार एक सूचना जारी गर्दै आफ्नो आधिकारिक वेबसाइटमार्फत आवेदन दिने र चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा कुनै पनि शुल्क नलाग्ने जनाएको हो ।

प्रहरीका अनुसार सेवाग्राहीले प्रहरीको वेबसाइट गई निःशुल्क आवेदन दिन सक्नेछन् । आवेदन स्वीकृत भएपछि चारित्रिक प्रमाणपत्र पनि निःशुल्क रूपमा उपलब्ध हुनेछ ।

प्रहरीले चारित्रिक प्रमाणपत्र बनाइदिने नाममा आर्थिक लाभ लिन खोज्नेलाई कानुनी दायरामा ल्याइने समेत बताएको छ । 

कसैले यसका लागि आर्थिक लाभ लिन खोजेमा १०० वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।


 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update