लमजुङ - आएको दुई महिना नबित्दै लमजुङका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेको सरुवा भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रजिअ पाण्डेलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।
पाण्डे कार्तिक अन्तिम साता प्रजिअको रुपमा लमजुङ आएका थिए ।
मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२ ००:५१
प्रतिक्रिया दिनुहोस्





