सुन्दरबजार - सुन्दरबजार नगरपालिका-८, बलिथुममा आगोलागीमा परी गम्भीर घाइते एक बृद्धाको मृत्यु भएको छ ।
गत मंसिर २४ गते सांझ खाना पकाउने क्रममा दाउराबाट अचानक आगो सल्केर पोल्दा बलिथुमकी ७८ वर्षीया पुतली दर्जी गम्भीर घाइते भएकी थिइन् ।
अचानक सल्केको आगोले बृद्धा दर्जीको घुडाँ देखि कम्मर सम्मको भाग र दुवै हातमा पोलेर गम्भीर घाइते बनाएको थियो ।
स्थानिय मेडिकलमा उपचार पश्चात् घरमै आराम गरिरहेकी उनलाई पुन: समस्या बल्झिएपछि उपचारको लागी शनिबार प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो ।
आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२ ०८:४३
प्रतिक्रिया दिनुहोस्





