लमजुङ – लमजुङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुधपोखरी गाउँपालिका–५, कोल्की बस्ने ४५ बर्षीय मन बहादुर गुरुङ रहेका छन् ।
जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरेहका गुरुङ गत भदौ २४ गते कारागार कार्यालय कास्कीबाट भागी फरार रहेका थिए ।
उनलाई प्रहरी चौकी गौंडाबाट खटिएको टोलिले मंगलबार प्रकाउ गरेको हो । जिल्ला कारागार लमजुङको भवन जीर्ण भएसँगै यहाँ रहेका कैदी र थुनुवाहरुलाई तनहुँको दमौली कारागार र कास्की कारागार पठाइएको छ ।
पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीको लागि कास्की कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ १७:३१
प्रतिक्रिया दिनुहोस्





