TagaroNews
नवलपुरमा ट्रक-मोटरसाइकल ठक्कर, लमजुङका गुरुङको मृत्यु

नवलपुर – नवलपुरमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने, छोरी गम्भीर घाइते भएकी छन् ।

देवचुली नगरपालिका–१६, रजहरमा बुधबार साँझ एक भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा लमजुङ क्व्होलासोथार गाउँपालिका–३ काम्दु, घर भएका ५७ वर्षीय रसबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उनकी २२ वर्षीया छोरी हेमा गम्भीर घाइते छिन् । 

घाइते हेमाको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विरेन्द्रराज गुरुङले बताए ।

चितवनबाट कावासोतीतर्फ छुटेको युपि ८० एफटी ३५२५ भारतिय नम्बरको ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

प्रहरीका अनुसार ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान थालिएको छ । 

दुर्घटनामा परेका बाबुछोरीको स्थायी बसोबास लमजुङ रहेको र हाल कावासोती नगरपालिका–५ बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update