लमजुङ - कास्की कारागारबाट भागेका २ कैदी लमजुङबाट पक्राउ परेका छन् ।
गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका २ जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेसीशहर नगरपालिका-१०, खासुरबेसी बस्ने ३५ वर्षीय टेक बहादुर गुरुङ र दोर्दी गाउँपालिका-४, कुप्लिङ बस्ने २८ वर्षीय कुमार बिक रहेका छन् ।
गुरुङ चोरी मुद्धा र बिक ज्यान मार्ने उद्योग मुद्धाका प्रतिवादी हुन् ।
पक्राउ परेका दुबैलाई कास्की कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले बताए ।
जिल्ला कारागार लमजुङको भवन जीर्ण भएसँगै यहाँ रहेका कैदी र थुनुवाहरुलाई तनहुँको दमौली कारागार र कास्की कारागार पठाइएको छ ।
प्रहरीका अनुसार हालसम्म ४८ जन फरार कैदीबन्दी पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १८:०७
प्रतिक्रिया दिनुहोस्





