TagaroNews
रास्वपा लमजुङबाट धर्म केसीको एकल नाम सिफारिस

लमजुङ – प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले धर्म केसीको प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेको छ । 

उनी संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य हुन् । जिल्ला सभापति अशोक सापकोटाका अनुसार मंगलबारको बैठकले केसीलाई एकल उमेदवारको रुपमा सिफारिस गरेको हो । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि केसी लमजुङबाट रास्वपाको उमेदवार थिए । सो समयममा उनले ९ हजार ३३ मत पाएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update