लमजुङ – नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले विदेशी हस्तक्षेप विरूद्ध आफूले उम्मेदवारी दिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता पश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘मुलुकमा विदेशी हस्तक्षेप बढ्यो, संविधान अपाङ्ग र घाइते बनायो, हाम्रो लोकतन्त्र कमजोर भयो ।’ उनले भने, ‘जनताले निर्वाचित गरेको प्रधानमन्त्री अपदस्त गरायो, जुन कुराले नै लोकतन्त्र कमजोर बन्यो । सोहि कारणले लोकतन्त्र सुदृढ, संविधानको रक्षा, राष्ट्रिय स्वाधिन्ता र स्वतन्त्रको पक्षमा मुलुकलाई उभ्याउन र नेपाली जनताको नेतृत्व गर्न उम्मेदवारी दिएको हुँ ।’
लमजुङमा पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै आएका गुरूङ नवौं पटक उम्मेदवार बनेका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ २१:१४
प्रतिक्रिया दिनुहोस्






