TagaroNews
जनताको आधारभुत आवश्यकताको उठानका निमित्त मेरो उम्मेदवारी : कांग्रेस नेता गुरुङ 

लमजुङ – नेपाली कांग्रेसका नेता गम प्रसाद गुरुङले जनताको आधारभुत आवश्यकताको उठान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता पश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘जुन एजेण्डाको आधारमा राजनिति हुनुपर्ने हो, त्यो हुन सकेको छैन् । नेता गुरुङले भने, ‘जनताको आधारभुत आवश्यकता जुन छ, त्यो विषय सदनमा उठान हुनै सकेन । कानुनमा जुन समस्या छ, त्यो गाँठो फुकाउने काम नै भएको छैन ।’

उनले समाजमा रहेको समस्यालाई बिश्लेषण गर्ने र सम्पूर्ण किसान, उद्यमी, व्यापारी, व्यवसायी, सञ्चारकर्मी लगाएत सबैसँग भएको छलफलको निष्कर्षलाई सदनमा उठाउने बताए । सदनमा भएको ऐन कानुनका गाठो फुकाउन पहल कदमी गर्नका निमित्त उम्मेदवारी दिएको समेत बताए । 

राजनीतिसँगै गाउँमै फर्किएर कृषि र जडिबुटी खेतीमा सक्रिय गुरुङले तितेपातीसहितका जडिबुटी विदेशमा निर्यात गर्दै उद्यमशीलताको उदाहरण प्रस्तुत गरेका छन्। यही कारणले उनलाई स्थानीय स्तरमा जनसम्पर्क भएको र व्यवहारिक नेता मानिन्छ। उनी पार्टीभित्र इमान्दार र स्वच्छ छविका नेताका रूपमा समेत चिनिन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update