TagaroNews
मनाङमा पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त

मनाङ – मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुने भएको छ ।

यो निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङबीच पुनः प्रतिस्पर्धा हुने भएको हो । उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका पोल्देनलाई हराएर टेकबहादुर बिजयी भएका थिए । 

टेक बहादुरले २ हजार ५७५ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाए ।

मनाङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी दर्ता भएको छैन । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार मंगलबार निर्धारित समयभित्र मनाङबाट ५ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र मंगोल नेशनल अर्गनाइजेसशनबाट उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।

रास्वपाले मनाङबाट अनिल गुरुङलाई टिकट दिएको थियो । तर, उनले मनोनयन दर्ता गरेनन् ।

मनाङमा नेकपाबाट यशोदा गुरुङ सुवेदी, राप्रपाबाट कुविरसिंह गुरुङ र मंगलोल नेशनलबाट रामबहादुर आलले उम्मेदवारी दर्ता गरेका छन् । 

मनाङमा ७ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update