मनाङ – नेपाली कम्युनिस्ट पार्टीले मनाङमा उम्मेदवार परिवर्तन गरेर नेतृ यशोदा सुवेदीलाई टिकट दिएको छ ।
यसअघि पूर्वमन्त्री तथा साबिक माओवादीका महासचिव देव गुरुङ उम्मेदवार थिए । सुवेदी गरुङकी पत्नी हुन ।
गुरुङले पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्ने भन्दै निर्वाचन नलड्ने निर्णय गरेको बताएका छन् ।
गुरुङ ०६४ सालमा मनाङ–१ र कास्की–१ बाट विजयी भएका थिए । ०७० मा चुनाव बहिस्कार गरेका उनले ०७४ को निर्वाचनमा लमजुङ–१ बाट विजयी भए ।
०७९ को निर्वाचनमा भने एमाले नेता पृथ्वीसुव्वा गुरुङसंग उनी पराजित भएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२ ०९:३९
प्रतिक्रिया दिनुहोस्






