TagaroNews
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

लमजुङ – सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आइतबार आईपीओ बाँडफाँट गरेको छ ।

फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि कम्पनीको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई खुलेको थियो । क्यापिटलका अनुसार सो सेयरमा २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको थियो ।

जसअनुसार १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ७।२१ वर्ष अनुमान छ ।

असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४।४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update