लमजुङ – बेसीशहर नगरपालिमा–१, स्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याममा फेला परेको शवको पहिचान खुलेको छ ।
आइतबार साँझ आयोजनाको ड्याममा फेला परेको शव बेसीशहर नगरपालिका–११, चिति बस्ने ८७ बर्षीय धन बहादुर सिलवालको रहेको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार सिलवाल गत माघ १७ गतेदेखी घरबाट बेपत्ता रहेका थिए । सिलवालको शव आयोजनाको ड्याममा घोप्टो परेर तैरिरहेको अवस्थामा फेला परेको थियो ।
शवको पहिचान उनका छोरा दिपक सिलवालले गरेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
यो पनि..
लमजुङ बेसीशहरमा पुरुषको वेवारिसे शव फेला
प्रकाशित मिति: सोमबार, चैत २, २०८२ ०९:१९
प्रतिक्रिया दिनुहोस्





