TagaroNews
राइनास बृद्धा हत्या प्रकरणः गाँजा किन्ने पैसाको विवादमा हत्या भएको पुष्टि [अपडेट]
हत्या आरोपमा पक्राउ परेका प्रेम अच्छामी सहित घट्नास्थल । तस्वीर : नेपाल प्रहरी

लमजुङ – जिल्लाको राइनास नगरपालिका–६, फुलबारी बस्ने ७६ वर्षीया काली सार्कीको गत शनिबार राती बीभत्स हत्या भयो । हत्या गरेर फरार रहेका सोहि स्थानका प्रेम अच्छामीलाई प्रहरीले पक्राउ भने गरिसकेको छ ।

हत्यामा संलग्न ४८ बर्षीय अच्छामीलाई प्रहरी टोलीले लुकिहिडेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा अच्छामीले गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद हुँदा मृतकको घरमै रहेको हंसियाले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) जितेन्द्र कुमार बस्नेतले बताए ।

बस्नेतका अनुसार बृद्धासँग लुटेको ५० लाल तौल बराबरको सुनको गरगहना समेत बरामद गरिएको छ । घट्नाको दुई दिनमै अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका अच्छामीलाई मंगलबार जिल्ला अदालतबाट म्याद अनुमती लिएर थप अनुसन्धान अघि बढाइएको छ । 

यो पनि...

लमजुङमा घाँटी रेटी ७६ वर्षीया वृद्धाको हत्या

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update