लमजुङ – बेसीशहरमा ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या आरोपमा पक्राउ परेका दुईमध्ये एकजना कारागार चलान भएका छन् । अर्का धरौटीमा रिहा भएका छन् ।
कारागार चलान हुनेमा दोर्दी गाउँपालिका–१, ढोकेका ३० वर्षीय विजय लामिछाने छन् । लमजुङ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको २५ साउनको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
अर्का प्रतिवादी चितवन भरतपुर महानगरपालिका–२१, पार्वतीपुरका ४३ वर्षीय दिपक विश्वकर्मालाई भने, १ लाख ६० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उनी धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बेसीशहर नगरपालिका–२, बोहोराबेसी घर भई हाल बेसीशहर–८ तामाङ टोल बस्दै आएका बोहोराको २१ असारमा हत्या भएको थियो ।
हत्या आरोपमा दोर्दी गाउँपालिका–१, ढोकेका ३० वर्षीय विजय लामिछाने पक्राउ परेका थिए ।
बोहोराको शव २५ असारको बिहान बेसीशहर नगरपालिका–१, आकाशेडाँडास्थित भीरपानी सामुदायिक वनमा फेला परेको थियो ।
प्रहरीले अनुसन्धानपछि लामिछानेलाई मुख्य प्रतिवादी र विश्वकर्मालाई मतियार बनाएर मुद्दा दर्ता भएको थियो । अनुसन्धानको क्रममा सुनको सिक्री र औँठी लुट्न हत्या गरेको खुलेको थियो ।
बोहोरा र लामिछाने घनिष्ठ साथी थिए ।
यो पनि...
पाँच दिनदेखि हराएका बेसीशहरका बोहोरा मृत फेला





