लमजुङ - मध्यनेपाल नगरपालिकाको एक सार्वजनिक जंगलबाट इजाजत नभएका २ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
मध्यनेपाल नगरपालिका-७, महाखोला स्थित सार्वजनिक जंगलमा लुकाएर राखिएको अबस्थामा २ थान (एक नाले) भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक धुव्र प्रसाद शर्माले बताए ।
ती बन्दुकहरू रितपूर्वक बरामद गरी सुरक्षित इलाका प्रहरी कार्यालय भोर्लेटारको हुवासमा राखिएको छ ।
प्रहरीले गत असारमा मध्यनेपाल नगरपालिका ६ र ९ को सिमाना स्थित जंगलबाट ५ थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो ।
यो पनि..
लमजुङमा पातिघारिमै भेटिए ६ थान भरुवा बन्दुक
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ २२:४२
प्रतिक्रिया दिनुहोस्





