मनाङ - हिमाली जिल्ला मनाङस्थित हिमलुङ हिमालको हिमपहिरोमा परी ज्यान गुमाएका ४ जनाको शव फेला पारेर पहिचान खुलेको छ ।
अझै १२ जना सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी जारी रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।
सोमबार थप २ जनाको शव फेला परेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङले बताए । उनका अनुसार सोमबार फेला परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शवसहित यसअघि आइतबार फेला परेका छेबी भोटे र पासाङ भोटेको शव गरी ४ जनाको पहिचान खुलेको हो ।
गुरुङका अनुसार हिमलुङ हिमपहिरो क्षेत्रमा एनएनएमजीएको खोज तथा उद्धार टोलीले सोमबार पनि अभियानलाई निरन्तरता दिएको छ । मौसम तथा हिमालको अवस्था अनुकूल रहेमा टोलीले थप ३–४ घण्टा खोजी गर्नेछ ।
यो पनि
मनाङ हिमलुङ हिमपहिरो अपडेटः ज्यान गुमाउनेमा संखुवासभाका छिवी र पासाङ




