
बेसीशहर – लमजुङ प्रहरीले जुवाको खालबाट लाखौँ रकम सहित बिहिबार राती २२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको समूहले मर्स्याङदी गापा–९ खुदी जलविद्युत केन्द्र नजिकै धन बहादुर तामाङले भाडामा लिएको घरबाट राती ८ बजे २२ जनालाई पक्राउ गरेको हो ।
१६ थान कौडा र ५ लाख ७० हजार रुपैँया सहित पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएपनि उनीहरुको ठेगाना भने, गोप्य राखेको छ ।
जुवा खालबाट लमजुङ सहित छिमेकी जिल्ला गोरखाको समूह समेत पक्राउ परेको बुझिएको छ । तर, लमजुङ प्रहरीले ढिलो गरी सार्वजनीक गरेको प्रेस रिलिजमा कुन–कुन नाम गरेका व्यक्ति गोरखा र को–को लमजुङका हुन् त्यो पनि प्रष्ट खुलाएको छैन ।
प्रहरीले नाम मात्र खुलाएर धन बहादुर तामाङ सहित मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै र देबेन्द्र लामालाई पक्राउ गरेको जनाएको छ ।
यस्तै दान बहादुर कुमाल, राजन सुँयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङलाई पक्राउ परेको बताएको छ ।
पक्राउ परेकाहरुलाई शुक्रबार जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले जानकारी दिए ।
यस्तो छ प्रहरीले पठाएको प्रेस रिलिज
यो पनि..
जुवाको खालमा लमजुङ प्रहरीको छापा, लाखौं रकमसहित २२ जुवाडे पक्राउ