![दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु [अपडेट]](https://www.tagaronews.com/uploads/posts/accident-1-1748091023.jpg)
लमजुङ – मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
बेसीशहर–चामे सडक खण्ड अन्तर्गत खुदीमा शनिबार अपराहन्न सवा ४ बजेतिर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक बेसीशहर नगरपालिका–१० बस्ने ४५ बर्षीय याकम तामाङको मृत्यु भएको हो ।
मनाङबाट लमजुङ सदरमुकाम बेसीशहर तर्फ आउँदै गरेको ज५प ७०१६ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट गइरहेको BAA ०६९९ नम्बरको बोलेरो जीप एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
गम्भीर घाइते रहेका तामाङलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
भरतपुरमा उपचार हुन नसकेपछि प्रदेश अस्पताल लमजुङमा नै फर्काइएकोमा डाक्टरले आइतबार बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागी अस्पतलमै राखिएको छ ।
जीप चालक बेसीशहर नगरपालिका–५ बस्ने विच कुमार परियार प्रहरीको नियन्त्रणमा छन् ।
यो पनि...
लमजुङमा जीप र मोटरसाइकल ठोक्किदा एक गम्भीर