![मर्स्याङ्दीमा बेपत्ता युवक मृत फेला [अपडेट]](https://www.tagaronews.com/uploads/posts/1-death-lmj-1748276515.jpg)
लमजुङ – मर्स्याङ्दी नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् ।
बेसीशहर नगरपालिका–६, खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ सप्तरी जिल्लाको सम्भुनाथ नगरपालिका–१२, अर्नाहाका २४ बर्षीय नन्द किशोर चौधरी बेपत्ता भएका थिए ।
खोजीकार्यको क्रममा हराएको स्थानबाट केहि तल मर्स्याङ्दी नदीको भंगालोमा सोमबार दिउँसो चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।
मृतकको शव सशस्त्र प्रहरीको टोलीले नदीको भंगालोबाट निकालेको थियो । शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल लमजुङमा राखिएको प्रहरीले जनाएको छ ।
चौधरी काठमाडौंबाट सञ्चालित भिभा कन्ट्रक्सन प्रा.लि. अन्तर्गत उदिपुर–मनाङ विद्युत प्रसारण लाइनमा मजदुरी गर्दै आएका थिए ।
यो पनि..
मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता