
लमजुङ - राइनास नगरपालिका-६, मेजर गाउँ स्थित राइनासटार सिंचाइको नहरमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।
उक्त शव राइनास नगरपालिका-३, टिमुरे बस्ने ४२ वर्षीय सीता नेपालीको रहेको प्रहरीले जनाएको छ । उनी टिमुरे बस्ने कृष्ण बहादुर नेपालीको श्रीमती हुन् ।
बुधबार बिहान करिब पौने ९ बजेतिर सिंचाइ नहरको पानीमा उक्त महिलाको शव घाेप्टाे परेको अवस्थामा बेवारिसे फेला परेको थियो ।
मृतक सिताकी छोरी लगाएत स्थानीयहरुले शवको पहिचान गरेपछि सनाखत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताए ।
उक्त शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ । घट्नाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
यो पनि..
लमजुङको राइनासटार नहरमा महिलाको बेवारिसे शव फेला
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १४:०२
प्रतिक्रिया दिनुहोस्