TagaroNews
मनाङमा पर्यटकको ओइरो, तिलिचो बेसक्याम्पमा एकैदिन २ हजार ५ सय बढी पर्यटक
तिलिचो बेसक्याम्पमा आएका पर्यटक । तस्वीर : तगारो न्युज

मनाङ - पछिल्लो समय मनाङको तिलिचो ताललाई गन्तव्य बनाएर घुम्न जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

तिहार सकिए लगतै लमजुङको बेसीशहर हुँदै मनाङको तिलिचो तालसम्म जाने पर्यटकको संख्या ह्वात्तै बढेको हो । 

शनिबार मात्र तिलिचो बेसक्याम्पमा मात्र २ हजार ५ सय भन्दा बढी पर्यटक पुगेका छन् ।

गत वर्षको तुलनामा विदेशी पर्यटक समेत बढेका छन् । पर्यटक बढेसँगै यतिबेला मनाङसँगै खाङसार, तिलिचो बेसक्याम्पमा पर्यटकलाई काेठा पाउन समेत समस्या भएको छ ।

गत असोजमा मात्र यस क्षेत्रमा ६ हजार ५ सय ४८ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका थिए । तिहार लागेसगै पर्यटक थामिनसक्नु भएको स्थानीय होटल व्यबसायी बताउँछन् ।

'तिहार सकिएपछि नेपाली पर्यटकको लर्को नै छ । शनिबार तिलीचोतर्फ जाने पर्यटकको संख्या बढ्दा बेस क्याम्प क्षेत्रमा सबै होटल प्याक भएका छन् । बेस क्याम्प पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।  'बेस क्याम्प क्षेत्र पर्ने मनाङ निस्याङ गाउँपालिका-९ का वडा अध्यक्ष छोल्पो बहादुर गूरूङले भने ।'

आएका पर्यटकलाई जसरी भए पनि व्यवस्थापन गरीरहेकाे उनले बताए । अहिले तिलिचो क्षेत्र जानाका लागि मात्र दैनिक झन्डै एक हजार हाराहारिमा नेपाली र विदेशी पर्यटक मनाङ पुगेका छन् । यो बेला होटलहरूको पूर्व तयारी गरेर आउन अध्यक्ष गुरूङले आग्रह समेत गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update