लमजुङ – सदरमुकाम बेसीशहरमा सम्पन्न ८ औँ लमजुङ महोत्सव २०८० को हिसाब १९ महिनापछि सार्वजनिक गरिएको छ ।
०८० साल चैत २३ देखी ०८१ बैशाख ३ गतेसम्म सञ्चालित महोत्सवबाट आयोजक लमजुङ उद्योग वाणिज्य संघलाई ८४ हजार २ सय ३८ रुपैँया ५० पैसा नाफा भएको छ ।
मंगलबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव विपिन श्रेष्ठले विविध कारणबाट हिसाव सार्वजनिक गर्न ढिला भएता पनि संघले आफ्नो सबै हिसाबकिताब पारदर्शी ढंगले सम्पन्न गरेको बताए ।
महोत्सवमा ४१ लाख २७ हजार ४ सय १७ रुपैँया आम्दानी भएकोमा ४० लाख १५ हजार ५९ रुपैँया खर्च भएको र कर पश्चात संघलाई ८४ हजार २ सय ३८ रुपैँया ५० पैसा नाफा भएको हो ।
महोत्सवमा स्टल बिक्रीबाट ३ लाख ७० हजार ३ सय र टिकटबाट ८ लाख २६ हजार ३ सय ८० रुपैँया आम्दानी भएको जनाइएको छ ।
हिसाब सार्वजनीक कार्यक्रममा संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ लगाएत संघका कार्यसमिति सदस्यहरु र पत्रकारहरुको उपस्थिति थियो ।
र यो पनि..
८ औँ लमजुङ महोत्सव शुरु, राष्ट्रपतिद्धारा ‘लमजुङ भ्रमण बर्ष २०८१’ घोषणा





