TagaroNews
त्रिवेणी कपः एपीएफ लगातार दोस्रोपटक च्याम्पियन 

लमजुङ – विभागीय टोली एपीएफ क्लबले लमजुङमा सम्पन्न ३३औं त्रिवेणी कपको उपाधि हात पारेको छ ।

सदरमुकाम बेसीसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा स्थानीय क्लब लाङ्दीदेवी एफसी नाल्मालाई २–० ले पराजित गर्दै दोस्रोपल्ट उपाधि उचालेको हो ।

योसँगै एपीएफले १२ लाख रूपैयाँ हात पारेको छ । उपविजेता नाल्माले ६ लाख रूपैयाँमा चित्त बुझाएको छ ।

गत संस्करणमा भने, एपीएफले बीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो । 

यसपटक एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ‘म्याच अफ दी म्याच’ युवराज घोषित भए । 

यता सर्वाधिक गोलकर्ता एपीएफकै प्रदीप लामा र समीर थोकर घोषित भए । यी दुईले समान ३ गोल गरे । उत्कृष्ट गोलकिपर एपीएफकै एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकै सन्तोष खत्री रहे ।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रूपैयाँ प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update